जनकपुरधाम । जनमत नेतृत्वको मधेश सरकारबाट आज चार दल ६ मन्त्री हटाइँदै छ । नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री सतिशकुमार सिंहले माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीलाई सरकारबाट हटाउन लागेका हुन् ।
स्रोतका अनुसार मुख्यमन्त्री सिंहले चार दलका मन्त्रीहरुलाई राजीनामा बुझाउन आग्रह गरेका छन् । २५ जेठमा जनमतका सिंहको नेतृत्वमा बनेको सरकारमा माओवादी केन्द्र अर्थ र उद्योगा वाणिज्य तथा पर्यटन मन्त्राल, एकीकृत समाजवादीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालय लिएको थियो ।
यस्तै एक/एक सिट भएको नागरिक उन्मुक्ति पार्टीले श्रम तथा यातायात मन्त्रालय र संघीय समाजवादी पार्टीले गृह संचार तथा कानुन मन्त्रालय लिएर सरकारमा छन् ।केन्द्रमा कांग्रेस र एमालेको समीकरण भएपपछि मधेशमा जनमतको सरकारलाई नै निरन्तरता दिन दुई दल शुक्रबार साँझ सहमत भएका थिए । त्यस अनुसार मधेशमा कांग्रेसलाई सहभागी गराउन लागिएको हो ।
माओवादी केन्द्रका दुई मन्त्रीले भने राजीनामा नदिने स्रोतले जनाएको छ । सरकारले हटाओस् भन्ने मनस्थितिमा माओवादी छ ।एकीकृत समाजवादीका मन्त्रीले भने आज राजीनामा बुझाउने तयारीमा छन् । एकीकृत समाजवादीका संसदीय दलका नेतासमेत रहेका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले आज राजिनामा बुझाउने बताए ।
मुख्यमन्त्री सतिश सिंहले आज विश्वासको मत लिन समेत लागेका छन् । त्यसअघि उनले चारदललाई हटाएर कांग्रेस र लोसपालाई सरकारमा भित्र्याउने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असार २०८१, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश सरकारको योजनाको चिठी बिक्रीबारे संसदीय छानबिन समिति गठन गरिने
मधेश सरकारले पहिलो पटक मनायो संविधान दिवस
बजेट खर्च गर्न मधेश सरकारले दियो अख्तियारी
मधेश सरकारको निर्णयविरूद्ध सर्वोच्चको कारण देखाउ आदेश
मधेश सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी केन्द्र
मधेश सरकारले स-शर्त अनुदानमा विभेद गरेकोमा माओवादीको आपत्ति