- ज्योति ‘तिलाञ्जलि’
संगीतले सबैको मन छुन्छ, चाहे बालबालिका हुन् चाहे युवायुवती र वृद्धवृद्धा । त्यसैको प्रभाव हुन सक्छ, पछिल्लो समय हरेक पुस्तामा टिकटक नामक एपको प्रयोगकर्ता उल्लेख्य मात्रामा बढ्दै गएका छन् ।
सन् २०१४ मा म्युजिकल्लीको नामबाट सुरु भएको यस एपको नाम सन् २०१८ को अगस्टबाट टिकटक नामले चिनिएको छ । सन् २०१४ को अगस्टमा आधिकारिक कार्य प्रारम्भ गरेको (पहिलो भिडियो सार्वजानिक गरेको) हो । चीनबाट सुरु भएको यस एपको विस्तार प्रारम्भिक अवस्थामा क्यानडा, बेलायत, जर्मनी, ब्राजिल, फिलिपिन्स र जापानमा भयो l यसको मुख्य कार्यालय चीनको संघाइमा रहेको छ । यतिबेला भने नेपाल लगायत विश्वका विभिन्न मुलुकमा यसको प्रयोगकर्ता र लोकप्रियता बढेको पाइन्छ ।
२०१५ मा यस एपले लाखौं प्रयोगकर्तालाई आकर्षित गर्न थाल्यो । जुलाई २०१५ मा म्युजिकल्लीले आईओएस अनुप्रयोग भण्डारमा १ मिलियन अंकको स्थितिमा पुग्यो । जुलाई २०१६ देखि २०१८ सम्म यस एपको प्रयोगकर्ता ९० मिलियन दर्ता भएका थिए । औसतमा ५८० मिलियन नयाँ भिडियो दैनिक रुपमा सार्वजानिक हुने गरेको कुरा विकिपिडियाको तथ्यांकमा उल्लेख छ ।
टिकटकले व्यक्तिहरूलाई छोटो भिडियोहरू सिर्जना गर्ने र साझेदारी गर्ने अनुमति दिन्छ जसमा प्रयोगकर्ताले आफूलाई मन परेको गीतहरू छनोट गरी आफ्नै प्रकारको हाउभाउसहित प्रस्तुत गर्दछन् । यस एपमा जब एक प्रयोगकर्ताले कुनै एक संगीतको भिडियो अपलोड गर्दछ, यो “संगीत“ हुन्छ, र अन्य प्रयोगकर्ताहरूले त्यसै भिडियोलाई आधार मानेर अन्य भिडियोहरु निर्माण गर्दछन् ।
टिकटकले प्रयोगकर्ताको भिडियोलाई इन्स्टाग्राम, फेसबुक, युट्युब, ट्वीटर लगायतका अन्य सामाजिक सञ्जाल अनुप्रयोगहरूमा जडान गर्न पनि प्रोत्साहित गर्दछ । नेपालको परिवेशमा हेर्ने हो भने सामान्य जीवनयापन गर्ने मानिसदेखि राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरु र अन्य व्यक्तिहरु पनि यस एपको प्रयोगकर्ताका रुपमा चिनिएका छन् । मित्रद्वय एलेक्स झा र लुयू यांगले सुरुवात गरेको यस एपमा प्रयोगकर्ताले १५ सेकेण्डदेखि तीन चार मिनेटसम्मको भिडियो निर्माण गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस