युरोकपको सर्वाधिक गोलकर्ता बन्न दुई खेलाडी प्रतिस्पर्धामा

सफल खबर संवाददाता

बुधबार, १९ असार २०८१, १५ : ५४
युरोकपको सर्वाधिक गोलकर्ता बन्न दुई खेलाडी प्रतिस्पर्धामा

काठमाडौं। जर्मनीमा जारी युरोकप फूटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलका खेलहरू मंगलवार राति सकिएका छन् ।अन्तिम २ खेलमा नेदरल्यान्ड्सले रोमानिया र टर्किएले अस्ट्रियालाई हराएर क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।जारी युरोकपमा हालसम्म ४४ खेल भएका छन् । यस क्रममा १०० गोल निस्किएका छन् ।

हालसम्म ४ खेलाडीले सर्वाधिक गोल गरेका छन् । जसमा आयोजक जर्मनीका जमाल मुसियला, नेदरल्यान्ड्सका कोडी गाक्पो, जर्जियाका जोर्गेस मिकाउटाड्ज र स्लोभाकियाका इभान स्चरान्जले ३–३ गोल गरेका छन् ।

मिकाउटाड्ज र स्चरान्जका टोली प्रतियोगिताबाट बाहिरिइसकेका छन् । यसर्थ सर्वाधिक गोलकर्ताको दौडमा जर्मनीका मुसियला र नेदरल्यान्ड्सका गाक्पो छन् ।अब क्वार्टरफाइनलमा जर्मनीले स्पेन र नेदरल्यान्ड्सले टर्किएको सामना गर्दैछ ।   

१०० मध्ये ९ गोल आत्मघाती भएका छन् । यो संख्या बढेमा अघिल्लो युरोकप (सन् २०२१)को ‘खराब कीर्तिमान’ भंग हुने सम्भावना छ ।किनकि, हालसम्म २०२१ मा सर्वाधिक आत्मघाती गोल भएका थिए । त्यो संख्या ११ रहेको छ । जारी युरोकपमा अझै ७ खेल बाँकी छन् ।

यसर्थ अब थप ३ आत्मघाती गोल भएमा यो ‘खराब कीर्तिमान’ तोडिन सक्छ। 

प्रतिक्रिया दिनुहोस