केपी ओलीको ब्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर थापाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २२ असार २०८१, १२ : २९
केपी ओलीको ब्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर थापाको मृत्यु

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ब्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ । उनी सशस्त्र प्रहरी बलका इन्स्पेक्टर हुन् ।

सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थित घरमा सुतेका उनलाई गएराति परिवारले अस्पतालमा लगेका थिए । उपचारको क्रममा उनको  भक्तपुर अस्पतालमा मृत्यु भएको सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले बताए ।

उनलाई हृदयघात भएको आशंका गरिएको छ । घटनाबारे प्रहरी वृत्त जगातेले अनुसन्धान शुरु गरेको छ।उनको शव पोष्टमार्टम गरेर शनिवार नै दाहसंस्कार गरिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस