दाङमा डुबानमा परेका २५ जनाको सकुशल उद्धार

सफल खबर संवाददाता

शनिबार, २२ असार २०८१, १५ : ३७
दाङमा डुबानमा परेका २५ जनाको सकुशल उद्धार

दाङ । अविरल वर्षाको कारण दाङ जिल्लाको लमही नगरपालिका–८ सतवरिया गाउँमा डुबान परेका २५ जनाको सशस्त्र प्रहरीले असार २२ गते सकुशल उद्धार गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं। २९ गण दाङ र नं। ४१ रिजर्भ गण अर्जुनखोल दाङबाट खटिएको सुरक्षा फौजले रबर बोटको सहायताले उनीहरूको सकुशल उद्धार गरेको हो । सोही स्थानका करिब ५० घरहरू डुबानमा परेका थिए ।उक्त घरपरिवारका सामान लगायत पशु चौपायाहरू समेत सुरक्षित स्थानमा सार्ने कार्य जारी रहेको छ ।