काठमाडौ । नेपाली बजारमा यस साता सुनको मूल्य तोलामा २६०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको शुक्रबार तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापालाव सुनको मूल्य यो शुक्रबार बढेर तोलामा १ लाख ४४ हजार ४०० रुपैयाँ पुगेको हो ।
महासंघका अनुसार असार १६ गते सुनको मूल्य तोलामा १ लाख ४२ हजार, १७ गते १ लाख ४२ हजार २००, १८ गते १ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यस्तै १९ गते १ लाख ४२ हजार ७००, २० गते १ लाख ४४ हजार ३०० र २१ गते १ लाख ४४ हजार ४०० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
यस्तै असार १४ मा तोलामा १ हजार ७९० रुपैयाँमा कारोबार भएकोमा २१ गते १ हजार ८७० रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ असार २०८१, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य सामान्य वृद्धि, तोलामा १ लाख ७० हजार ३०० पुग्यो
सुनको मूल्य कात्तिक १५ को रेकर्डसँग बराबरी
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयमा सुनको सिक्री भेटियो
तोलामा ७०० रुपैयाँ बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?
सातामा सुनको मूल्य : २ हजार १०० रुपैयाँ बढ्यो
सुनसहित नागढुंगाबाट दुई भारतीय पक्राउ