भेनेजुएला लगातार दुई खेल जित्दै कोपा अमेरिकाको क्वाटरफाइनलमा

सफल खबर संवाददाता

विहीबार, १३ असार २०८१, ११ : १४
भेनेजुएला लगातार दुई खेल जित्दै कोपा अमेरिकाको क्वाटरफाइनलमा

काठमाडौं । लगातार दुई खेल जित्दै भेनेजुएला कोपा अमेरिका-२०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह बी अन्तर्गत बिहीबार बिहान भएको खेलमा मेक्सिकोलाई १-० ले पराजित गर्दै भेनेजुएलाले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

क्यालिफोर्नियास्थित सोफी स्टेडियममा भएको खेलमा भेनेजुएलालका लागि सालोमन रोन्डोनले ५७औं मिनेटमा पेनाल्टीबाट गोल गरे ।मेक्सिकोले खेलमा बराबरी गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

८७ मिनेटमा मेक्सिकोका ओर्बेलिम पिनेडाले हानेको पेनाल्टी प्रहार भेनेजुएलाका गोलकिपर राफेल रोमोले बचाए । लगातार दुई जितबाट भेनेजुएला ६ अंक जोडेर समूहको क्कीर्ष स्थानमा छ । उसले पहिलो खेलमा इक्वेडरलाई हराएको थियो ।

इक्वेडर र मेक्सिकोको समान ३ अंक छ । अब यी दुईबीच हुने अन्तिम खेलबाट क्वाटरफाइनल पुग्ने अर्को टोली टुङ्गो लाग्नेछ । लगातार दुई हार बेहोरेको जमैका भने एक खेल अगावै समूह्य चरणबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस