किसानले पाउने अर्बौंको अनुदान बिचौलिया र नेताले खाइदिन्छन् : सांसद राणा

सफल खबर संवाददाता

मंगलबार, २९ जेठ २०८१, १५ : २४
किसानले पाउने अर्बौंको अनुदान बिचौलिया र नेताले खाइदिन्छन् : सांसद राणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद डा. धवल शमशेर राणाले किसानले पाउनुपर्ने अर्बौं रुपैयाँको अनुदान बिचौलिया र राजनीतिक दलका नेताहरूले खाइदिने गरेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत रुममा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद राणाले आफू नेपालगञ्जमा नगरप्रमुख भएको बेला अनुगमन गरेर मात्र अनुदान दिएको बताए ।

उनले भने,‘कृषि अनुदानको कुरा गर्नुभयो भने बिचौलियाले सबै खाइदिन्छ । मैले नेपालगञ्ज उपमहानगरपालिका प्रमुख हुने क्रममा अनुदान खाइदिने कुरा थाहा पाइसकेपछि खेतमा बाली हेरेर मात्रै अनुदान दिने व्यवस्था मिलाएको थिएँ ।

यो देशमा किसानका अर्बौं रुपैयाँ बिचौलियाले खाइदिन्छन्, नेताहरूले खाइदिन्छन् । किसानसम्म त अनुदान नै पुग्दैन ।’अहिले माछा पालन र कुखुरा पालन गर्ने किसानहरू मारमा परेको उनले बताए । कृषि क्षेत्रमा प्रयोग हुने विद्युत् महशुलमा सुविधा दिनुपर्ने उनले बताए ।

सिक्टा सिँचाइ आयोजना बनेको ५ वर्ष भएपनि सिँचाइ सुविधा विस्तारका लागि शाखा नहर नबनाएको र शाखा नहर नभए कृषकको खेत सुख्खा रहिरने उनले बताए । सिक्टा आयोजनालाई राष्ट्रिय गर्वको योजना भनेपनि धेरैवटा मुद्दा मामिलामा अल्झिएको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस