कमेडी च्याम्पियनको तेस्रो संस्करणको उपाधि सुनिल खड्कालाई

सफल खबर संवाददाता

आइतबार, १६ असार २०८१, ११ : ५८
कमेडी च्याम्पियनको तेस्रो संस्करणको उपाधि सुनिल खड्कालाई

काठमाडौँ । कमेडी च्याम्पियनको तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनिल खड्काले जितेका छन् । हिजो भएको फाइनल प्रतिष्पर्धामा अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै खड्का च्याम्पियन बनेका हुन् ।

विजेता घोषित भएसँगै उनले नगद २५ लाख रुपैयाँसहित उपहार प्राप्त गरेका छन् । प्राप्त मतको आधारमा सुनसरीका काफ्ले फस्ट रनरअप र नवलपरासीकी खनाल सेकेण्ड रनर अप बने ।प्रतियोगिताको निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा थिए ।

प्रतिक्रिया दिनुहोस