कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

सफल खबर संवाददाता

बुधबार, १९ असार २०८१, ११ : २०
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।  सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बैठक सुरु भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

 बैठकले एमालेसँग सत्ता सहकार्यबारेमा भएको सहमति अनुमोदन गर्ने बताइएको छ । सोमबार राति कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउँदै सत्ता सहकार्यबारे सहमति भएको थियो ।