गणतन्त्रलाई बलियो बनाउन कांग्रेस-एमालेसँग सहकार्य भयो : विमलेन्द्र निधि

सफल खबर संवाददाता

मंगलबार, १९ असार २०८१, १५ : १९
गणतन्त्रलाई बलियो बनाउन कांग्रेस-एमालेसँग सहकार्य भयो : विमलेन्द्र निधि

विराटनगर। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले गणतन्त्रलाई बलियो बनाउन कांग्रेस र एमालेबीच सहकार्य भएको बताएका छन् ।नेपाल प्रेस युनियन मोरङद्वारा आज आयोजित पत्रकार भेटमा उनले दुई ठूला पार्टीले अरु दललाई साथमा लिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बल पुग्ने गरी संविधान संशोधनको प्रयास गर्ने बताएका हुन् ।​

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका निधिले देशमा रहेका समस्या समाधानका लागि नयाँ गठबन्धनमा अरु दलहरूसमेत समावेश गरेर सहमति र सहकार्यलाई निरन्तरता दिनुपर्ने बताए ।

'राजनीतिक अस्थिरता र जनतामा रहेको निराशा अन्त्यका लागि धेरै काम गर्नुपर्ने आवश्यकता छ ।

प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक प्रणाली राख्ने वा नराख्ने विषयमा छलफल शुरू भएको छ, त्यसलाई वृहत् छलफल गरी निष्कर्षमा पुराउनुपर्ने आवश्यकता छ,' उनले भने, 'संविधान संशोधन गरी धेरै विषयलाई थप बलियो बनाउन दलहरूबीच सहकार्य जारी राख्नुपर्छ ।'

प्रतिक्रिया दिनुहोस