एमालेले बोलायो सचिवालय बैठक

सफल खबर संवाददाता

मंगलबार, १८ असार २०८१, ०८ : ४७
एमालेले बोलायो सचिवालय बैठक

काठमाडौ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। 

सोमबार मध्यराति नेपाल कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सकार बन्ने सहमति भएकाले त्यसैको ब्रिफिङ गर्न सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

सचिवालय बैठक दिउँसो तीन बजे पार्टी मुख्यालय च्यासलमा बस्नेछ।

एमाले र कांग्रेसका बीचमा राष्ट्रिय सहमतिको सरकार बन्ने सहमति भएको छ। सहमतिअनुसार संसद्को बाँकी कार्यकाल सरकारको नेतृत्व आधाआधा कार्यकाल बाँड्ने सहमति भएको छ।

सहमति अनुसार पहिलो चरणको सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्नेछन्।