नेकपा एसको महाधिवेशनको तयारी पूरा, यस्तो छ नेता बन्ने मापदण्ड

सफल खबर संवाददाता

शनिबार, १५ असार २०८१, १३ : ५३
नेकपा एसको महाधिवेशनको तयारी पूरा, यस्तो छ नेता बन्ने मापदण्ड

काठमाडौं । नेकपा एकीकृत समाजवादीले भोलिबाट सुरु हुने महाधिवेशनको तयारी पूरा भएको जनाएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको जनाएको हो।

भोलि भकटीमण्डपमा भेला भई जुलुससहित प्रजा भवन कमलादी जाने र १२:३० बजे उद्घाटन हुने महासचिव घनश्याम भुसालले बताए। महाधिवेशनका लागि काठमाडौंको आसपासका जिल्लाहरू बाहेकका जिल्लाहरूबाट आजसम्म सवै प्रतिनिधिहरू आईसक्ने सूचना प्राप्त भएको भएको बताए। उनका अनुसार महाधिवेशनमा १८४७ प्रतिनिधि सहभागी हुनेछन्।

महाधिवेशनको उम्मेदवार बन्नको लागि नेकपा एसले योग्यता तोकेको छ। एक कार्यकाल पूरा गरेका केन्द्रीय सदस्यहरुले पदाधिकारीमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको बताए। उनले भने, ‘तर अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पार्टीको स्थायी कमिटीको सदस्य हुन योग्यता पुगेको व्यक्ति हुनुपर्नेछ । यसै गरी उपाध्यक्ष, उपमहासचिव र सचिव बन्नका लागि पोलिटब्युरोको सद्यस्य बन्न योग्यता पुगेको व्यक्ति हुनुपर्नेछ ।’

केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन कमिटी, केन्द्रीय लेखा परिक्षण कमिदीर केन्द्रीय निर्वाचन कमिटीको सदस्य बन्नका लागि केन्द्रीय कमिटी वा केन्द्रीय निकायहरूको सदस्य भई काम गरेको वा संगठित पार्टी सदस्य भई कम्तिमा १० वर्ष काम गरेको वा प्रदेश कमिटीको सदस्य भई एक कार्यकाल वा जिल्ला कमिटीको सदस्य भई दुई कार्यकाल काम गरेको व्यक्ति केन्द्रीय सदस्य बन्न योग्य हुने उल्लेख गरेको छ।

महिला, दलित, सीमान्तकृत जनजाति र अपाडगता भएकाहरूको हकमा भने संगठित सदस्य भई सात वर्ष काम गरेको र एक कार्यकाल जिल्ला कमिटीमा रही काम गरेको व्यक्ति उम्मेदवार वन्न योग्य हुने उल्लेख गरेका छ।

यद्यपी, नेकपा एस एमालेबाट अलग भएको तीन बर्ष पुगेको छैन। तर, अहिले केन्द्रीय पदमा उम्मेदवार बन्नको लागि एमालेबाटै काम गरेकाहरुले मात्रै पाउने भएका छन्।उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै दलका शीर्ष नेताहरुलाई आमत्रण गरिएको महासचिव भुसालले बताए।