गलकोट (बागलुङ) । गए राति भीषण वर्षासँगै खसेको पहिरोले दुई वटा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् । मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएका हुन् ।
कालीगण्डकी करिडोरअन्तर्गतको बागलुङ नगरपालिका–१० दब्ल्याङमा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए । मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङका विभिन्न स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको काठे खोला गाउँपालिका–६ इनारपानी, गलकोट नगरपालिका–३ बतासे डाँडा, गलकोट नगरपालिका–९ गल्याङ र बडिगाड गाउँपालिका–२ हाँडी खोलामा पहिरोले सडक पूर्ण रूपले अवरुद्ध भएको छ ।
पहिरोका कारण बागलुङ– कुश्मीशेरा सडकको दव्ल्याङ खण्ड पनि अवरुद्ध भएको छ । बाटो खोल्ने प्रयास जारी रहेको सूचना अधिकारी यादवले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असार २०८१, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु
सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
काभ्रेमा बाढी पहिरो : एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति
सुक्खा पहिरो खसेपछि कटारी-घुर्मी सडक अवरुद्ध
सञ्चालनमा आयो पहिरोले अवरुद्ध सडक
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुग्यो, कुन प्रदेशमा कति ?