काठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ एटीआर–७२ जहाज भित्र्याएको छ । योसँगै बुद्ध एयरसँग एटीआर–७२ विमानको सङ्ख्या १५ पुगेको छ ।
कम्पनीले कल साइन नाइन एन–एएनजेड विमान फ्रान्सबाट ल्याएको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जहाज आगामी साउन १ गतेदेखि व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए । उनका अनुसार साउनदेखि सुर्खेत र धनगढीमा अतिरिक्त उडानसँगै अरु गन्तव्यमा पनि विस्तार गरिनेछ ।
बुद्ध एयरसँग १५ थान एयरसँग एटीआर–७२ र तीन थान एटीआर ४२ जहाज रहेका छन् । हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप बुद्ध एयरले आफ्नो बेडमा नयाँ जहाज थप गरेको हो । बुद्ध एयरका बजार निर्देशक जोशीले सहज भाडासँगै उडान सङ्ख्या उल्लेख्य वृद्धि भई यात्रुको उडान सुविधालाई मध्यनजर गर्दै उडान तालिकालाई प्रभावकारी रूपमा सञ्चालन गरिने विश्वास व्यक्त गरे ।
बुद्ध एयरले अहिले आन्तरिकतर्फ एक सय ५० भन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौँबाट भारतको वाराणसीका लागि उडान भर्दै आएको छ । कम्पनीले पोखरा, चितवन, भैरहवा तथा नेपालगञ्जबाट पनि उडान भर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १५ असार २०८१, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिकूल मौसमले ‘भीआईपी’ सवार जहाज भैरहवामा अवतरण हुन नसकेपछि काठमाडौँ फिर्ता
काठमाडौं–भरतपुर उडान गर्दै बुद्ध एयरको ७२ सिटे जहाज, भाडा घट्ने
बुद्ध एयरको ‘भ्यालेन्टाइन डे’ अफर : एउटा टिकट किन्दा अर्को सित्तैमा
काठमाडौंबाट धनगढी उडेको श्री र बुद्ध एयरको विमान सुर्खेतमा अवतरण
भैरहवा उडेको जहाजमा समस्या देखिएपछि फर्काइयो काठमाडौँ
भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या