राप्रपा नेपालको कार्यालय सिफलमा सर्यो

सफल खबर संवाददाता

विहीबार, १३ असार २०८१, १२ : २४
राप्रपा नेपालको कार्यालय सिफलमा सर्यो

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्यालय काठमाडौंको सिफलमा सरेको छ । काठमाडौं महानगरपालिका -७ सिफलस्थित पाशुपत क्षेत्रमा रहेको अढाई तल्ले भवनमा कार्यालय सरेको हो ।

पुरानो कार्यालयमा पार्किङको अभाब तथा बैठक कक्ष र पदाधिकारीहरुको निमित्त कार्यकक्षको कमि भएको कारण नयाँ ठाउँमा कार्यालय सर्नुपरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

अहिले सरेको ठाउँमा सबै आन्तरिक ब्यबस्थापन भैसकेको र सचिवालयले काम समेत शुरु गरिसकेको तथा कार्यसम्पादन समितिको बैठक समेत बसिसकेको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस