काठमाडौँ । नेपालमा सशस्त्र संघर्ष, रुपान्तरणमा विवाद र एमाले माओवादी एकताबारे पत्रकार शुभशंकर कँडेलले लेख्नुभएको पुस्तक ‘अवतरण’ असोज २१ गते आइतबार लोकार्पण गरिने भएको छ । नेपालमा कम्प्युनिष्ट पार्टीको स्थापनादेखि अहिलेको एमाले माओवादी एकतासम्मलाई पुस्तकमा अत्यन्तै रोचक शैलीमा लेखिएको छ ।
नेपालमा कम्युनिष्ट थाहा पाउने पहिले व्यक्तिदेखि माकाफुईदेखि अंकमालसम्मका विवरणहरु समेटिएको पुस्तकमा केपी शर्मा ओली, पुष्पकमल दाहाल र डाक्टर बाबुराम भट्टराई लगायतका नेताहरुबारे यसअगाडि कहिल्यै सार्वजनिक नभएका तथ्य र विवरणहरु पुस्तकमा समेटिएका छन् । एबीसी न्युज टेलिभिजनका संस्थापक तथा प्रधानसम्पादक शुभशंकर कँडेलको यो १४ औं प्रकाशित पुस्तक हो ।
हाल कँडेल नेपाल मिडिया सोसाइटीको अध्यक्ष तथा मिडिया मनिटर जर्नलको सम्पादक समेत हुनुहुन्छ । उहाँले यसअघि सगरमाथा टेलिभिजन र इमेज च्यानलमा समाचार निर्देशक तथा सम्पादकका रुपमा काम गर्नुभएको थियो । २०५६ सालमा धौलागिरी अञ्चलको पहिलो दैनिक पत्रिका न्यु धौलागिरीको सम्पादक तथा प्रकाशकका रुपमा कृयाशिल कँडेलसँग आधा दर्जन बढी संचारमाध्यम संचालन र कार्यरत रहेको अनुभव छ ।
आमसंचार र राजनीतिशास्त्रमा स्नातकोत्तर कँडेलका यस अगाडि प्रकाशित पुस्तकहरु राजनीति र आमसंचार सम्बन्धित छन् । पत्रकार कँडेल २०६१ सालदेखि पुस्तक लेखनमा सकृय रहँदै आउनुभएको छ । कँडेलको नयाँ पुस्तक अवतरण नेपाली कम्युनिष्ट आन्दोलनको एक्सक्लुसिभ महाभारतका रुपमा स्थापित हुने विश्वास गरिएको छ । जसमा कम्युनिष्ट आन्दोलनको इतिहासमात्र होइन, दाउपेचहरु पनि बुझ्न पाइनेछ ।
पुस्तक एकैपटक अमेजन, फेसबुक सप, अन्य अनलाइन र पुस्तकपसलहरुमा उपलब्ध हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असोज २०७५, १७ : ०८
लेखकबाट थप