बाढीले एकै परिवारका चारजना बगायो, एकको मृत्यु, दुई बेपत्ता

सफल खबर संवाददाता

बुधबार, १२ असार २०८१, ०७ : ५९
बाढीले एकै परिवारका चारजना बगायो, एकको मृत्यु, दुई बेपत्ता

सुन्दरहरैँचा । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ ।

मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्युभएको हो । 

फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए । यसैगरी बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता   छन् ।

बेपत्ता  हुनेमा ६० वर्षीया असरादेवी चौधरी (सासू) र  अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन् । 

माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी सकुशल रहेको वडाध्यक्ष चौधरीले बताए । 

प्रतिक्रिया दिनुहोस