३० हजार मेट्रिक टन आँप भारतबाट आयात

सफल खबर संवाददाता

मंगलबार, ११ असार २०८१, ११ : २२
३० हजार मेट्रिक टन आँप भारतबाट आयात

काठमाडौँ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा आयात भएका ३२ हजार मेट्रिक टन आँपमध्ये ३० हजार मेट्रिक टन भारतबाट आयात भएको छ ।बाँकी दुई हजार मेट्रिक टन आँप चीन, थाइल्यान्ड, इजिप्टबाट आयात भएको छ ।

सो बापत नेपालबाट २ अर्ब रुपैयाँ बाहिरिएको छ भने सरकारले ३१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।नेपालमा करिब ५० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा आँप खेती गरिएको छ । यसमध्ये करिब ४० हजार हेक्टर क्षेत्रफलको आँपले उत्पादन दिएको छ ।

सो क्षेत्रफलबाट करिब साढे चार लाख मेट्रिक टनको हाराहारीमा स्वदेशी आँप उत्पादन हुँदै आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क छ ।तर, पनि विदेशबाट ठुलो परिमाणमा आँप नेपाल भित्रने गरेको हो । 

प्रतिक्रिया दिनुहोस