एजेन्सी । रुसको उत्तरी काकेशसस्थित डागिस्टानमा आइतबार सशस्त्र आक्रमणकारीले गरेको आक्रमणमा १७ जनाको मृत्यु भएको छ।
बीबीसीका अनुसार डागिस्टानमा एक पर्व मनाइँदै गर्दा यो हमला भएको हो। आक्रमणकारीहरूले दुईवटा चर्च, एउटा यहुदी पूजास्थल अर्थात् सिनागग र प्रहरी चौकीमा आक्रमण गरेका हुन्।
यस हमलामा १५ प्रहरी, एक चर्चका पादरी र एक सुरक्षा गार्ड मारिएका छन्। आक्रमणकारीतर्फ पनि ५ जना मारिएको जनाइएको छ। रुसी प्रहरीले यो आक्रमणको अनुसन्धान सुरु गरेको छ। आक्रमणकारीको खोजी भइरहेको छ।
सशस्त्र आक्रमणकारीहरूले शताब्दीयौं पुरानो चाडपर्व मनाइने सहर डर्बेन्ट र मखाचकलालाई निशाना बनाएका थिए। आक्रमणकारीको अझै पहिचान हुन सकेको छैन।सामाजिक सञ्जालमा सेयर भइरहेका तस्बिरमा कालो कपडा लगाएका आक्रमणकारीले प्रहरीको गाडी र आपत्कालीन सेवाको टोलीलाई आक्रमण गरिरहेको देख्न सकिन्छ।
यहुदीहरूको पुरानो सहर डर्बेन्टमा आक्रमणकारीहरूले पहिले एउटा सभाघरमा गोली हाने र त्यसपछि आगो लगाए। डागिस्टान रुसको सबैभन्दा पिछडिएको क्षेत्र हो, जुन मुस्लिम बहुल प्रान्त पनि हो।
अक्टोबर २०२३ मा यहुदी यात्रुहरूको खोज्दै प्यालेस्टाइन समर्थकहरूको भीड डागिस्टानको एयरपोर्टमा प्रवेश गरेको थियो। यो घटना २०२३ अक्टोबर ७ मा इजरायल र हमासबीच सुरु भएको द्वन्द्वपछि भएको हो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १० असार २०८१, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेनदेन विवादमा शर्मिला वाइबामाथि आक्रमण
यमनमा अमेरिकी आक्रमणबाट एक सय २३ जनाको मृत्यु
बाघमारा जंगलमा घाँस काट्न गएका २ महिलामाथि गैँडाको आक्रमण
गाजामा इजरायली आक्रमण, २४ घण्टामा ४६ जनाको मृत्यु
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
पत्रकार हत्या र मिडियामाथिको आक्रमणविरुद्ध माइतीघरमा प्रदर्शन