आज कुन तरकारी र फलफूलको कति छ मूल्य ?

सफल खबर संवाददाता

विहीबार, ०६ असार २०८१, ०७ : ५५
आज कुन तरकारी र फलफूलको कति छ मूल्य  ?

काठमाडौं । राजधानीको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । 

जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६०, गोलभेँडा सानो लोकलको १५ र गोलभेँडा सानो टनेलको २० रुपैयाँ कायम भएको छ । 

यसैगरी आलु रातोको ५६, प्याज सुकेको भारतीयको ८५, काउली स्थानीयको ५०, चिचिण्डोको ३०, लौकाको ५० रुपैयाँ कायम भएको छ ।  यसैगरी हरियो प्याजको १००, केरा दर्जनको १३०, अनारको ४००, अदुवाको २७० रुपैयाँ कायम रहेको समितिले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस