काठमाडौं। प्रतिनिधि सभामा जारी ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलका क्रममा खर्च कटौतीका विभिन्न चार प्रस्ताव प्रस्तुत गरिएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरू पुष्पबहादुर शाह, डा. अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाएर एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीका छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका हुन् ।
यसैगरी सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असार २०८१, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख घिमिरेले गराए प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यको जानकारी
जनताले चाहे गणतन्त्र जान्छ, नहोच्याउनुस् : राजेन्द्र लिङ्देन
संसद् बैठक अझै बस्न सकेन
प्रतिनिधिसभाको बैठक १७ गतेसम्मका लागि स्थगित
प्रतिनिधि सभाको बैठक सर्यो
प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित