आन्दोलनमा घाइते कवाड व्यवसायीको नि:शुल्क उपचार गर्न अमरेशको माग

सफल खबर संवाददाता

बुधबार, ०५ असार २०८१, १२ : ४३
आन्दोलनमा घाइते कवाड व्यवसायीको नि:शुल्क उपचार गर्न अमरेशको माग

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले आन्दोलनका क्रममा मंगलबार घाइते भएका कवाड व्यवसायीहरुको नि:शुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् ।

आफूहरुको व्यवसायमा काठमाडौं महानगरपालिकाले धरपकड गरेको भन्दै कवाड व्यवसायी र संकलकले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका थिए । त्यस क्रममा दर्जनौं घाइते भएको र ट्रमा सेन्टरमा उपचार भइरहेको उल्लेख गर्दै बुधबार प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सरकारसँग नि:शुल्क उपचारको माग गरेका हुन् ।

आफूहरुले निर्वाध व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै मंगलबार कवाड व्यावसायीहरुले काठमाडौंको बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै उनले यस सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जवाफ दिनुपर्ने समेत माग गरे ।

 

प्रतिक्रिया दिनुहोस