काठमाडौं। करेन्ट लागेर इलाम, सिरहा र धादिङमा तीन जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो करेन्ट लागेर इलामको फाकफोकथुम गाउँपालिका-६ मेतालुङ पोखरी बस्ने ६६ वर्षीय कुलबहादुर विकको मृत्यु भएको हो ।
घरबाट गाउँतर्फ जाँदै गरेको अवस्थामा बाटोमा लत्रिएको विद्युतको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।यस्तै, मंगलबार बेलुकी सिराहाको लहान नगरपालिका-२२ बेल्ही बस्ने २५ वर्षीया गीता चौधरीको पनि करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै घरको आँगनमा मोटर जडान गरेको कल चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी मंगलबार बेलुकी धादिङको धुनिवेशी नगरपालिका-५ फुरौलेस्थित टिनको छाप्रोमा विद्युत जोड्ने क्रममा करेन्ट लागेर उदयपुर घर भएका ३५ वर्षीय दिलिप राउतको मृत्यु भएको छ ।यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असार २०८१, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर १ जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु
सिराहामा करेन्ट लागेर एक युवकको मृत्यु
करेन्ट लागेर काठमाडौंमा एक जनाको मृत्यु
करेन्ट लागेर धनकुटामा एक जनाको मृत्यु
करेन्ट लागेर १ जनाको मृत्यु