चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्ति प्रक्रियाः अन्तरवार्तामा बोलाइयो

सफल खबर संवाददाता

बुधबार, ०५ असार २०८१, ०८ : ४४
चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्ति प्रक्रियाः अन्तरवार्तामा बोलाइयो

काठमाडौं । अवरुद्ध बनेको चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्ति प्रक्रिया फेरि अघि बढेको छ ।

चिकित्सा शिक्षा आयोगको निर्देशक नाम सिफारिस गर्न गठित समितिले एक सूचना प्रकाशित गर्दै सर्टलिस्टमा परेका १२ जनालाई अन्तरवार्ताका लागि बोलाएको हो । 

यसअघि मङ्सिर १६ गते अल्पसूची कायम गरिएको तथा प्रस्तुति र अन्तर्वार्ता कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गरिएकोमा उच्च अदालतमा  रिट दायर भएपछि अन्तर्वार्ता, परीक्षाफल प्रकाशन र नियुक्तिलगायतका कारवाही प्रभावित भएको थियो । 

तर उच्च अदालत पाटनको गत जेठ १३ को फैसलाबाट रिट निवेदन खारेज भएसँगै आवश्यक प्रक्रिया अघि बढेको हो ।

प्रतिक्रिया दिनुहोस