जनार्दन शर्मा र गोरख बोगटीबीच कुरा नमिलेपछि नेकपा कर्णाली प्रदेशमा विवाद

शनिबार, १३ असोज २०७५, १५ : ४९
जनार्दन शर्मा र गोरख बोगटीबीच कुरा नमिलेपछि नेकपा कर्णाली प्रदेशमा विवाद

रुकुम । एकसाता अघि प्रदेश कमिटिका रुपमा पदाधिकारीको टुङ्गो पाएको नेकपाको कर्णाली प्रदेशमा रुकुम पश्चिमको शनिबार हुने जिल्ला भेलालाई लिएर विवाद उत्पन्न भएको छ । नयाँ संविधान अनुशारको संरचनाबाट नयाँ बनेको कर्णाली प्रदेशको रुकुम पश्चिमको जिल्ला पार्टी कमिटी गठनको विषयलाई लिएर नेकपा कर्णालीमा विवाद शुरु भएको हो । असोज १३ गते शनिबार आज रुकुम पश्चिम जिल्लाको पार्टी भेलामै नेकपाको नयाँ जिल्ला कमिटी निर्माण गर्ने विषयमा साविकको ए माओवादीका नेता समेत रहेका नेकपाका कर्णाली इन्चार्ज जनार्दन शर्मा प्रभाकर र पूर्वएमाले नेता तथा नेकपाका कर्णाली प्रदेश अध्यक्ष गोरख बोगटीबिच कुरा नमिलेपछि नेकपाको विवाद चुलिएको हो । बिश्व पर्यटन दिवसको अवसरमा रुकुम पश्चिमको बाँफिकोट गाँउपालिकाले स्यार्पु पर्यटन महोत्सवको र्काक्रममा रुकुम पुगेका कर्णाली इन्चार्ज प्रभाकरुले आज हुने कार्यक्रममा नेकपाको जिल्ला कमिटिलाई पूर्णता दिन गरेको तयारीलाई प्रदेश अध्यक्ष बोगटीले अस्विकार गरेपछि नेकपा कर्णाली भित्रको विवाद सतहमा आएको हो । श्रोतले दिएको जानकारी अनुशार कर्णाली प्रदेश इन्चार्ज शर्मा र अध्यक्ष बोगटीबिच लिखित असमती नै भएको छ । कार्यक्रममा आउन निम्ता दिइएका अध्यक्ष बोगटीले पार्टी केन्द्रले प्रदेशकै कमिटीलाई पूर्णता नदिएको भन्दै अहिले नै जिल्ला कमिटिलाई समेत पुर्णता दिनु नीतिसंगत नहुने भन्दै शनिबार हुने रुकुम पश्चिमको पार्टी भेलामा जिल्ला कमिटी गठनको प्रस्तावलाई अस्विकार गरेका हुन । नेकपाका महासचिव विष्णु पौड्यललाई समेत जानकारी गराएको भनिएको असहमतीमा अध्यक्ष बोगटीले पार्टी केन्द्रले औपचारिक निर्णय नगर्दै जिल्ला कमिटि गठन गर्नु अली हतारो हुने जिकिर गर्दै इन्चार्ज शर्माको प्रस्तावलाई अस्विकार गरेका हुन् ।

पछि हटे शर्मा
नेकपाका अध्यक्ष बोगटीले इन्चार्ज शर्माको योजनालाई ठाडै अस्विकार गरेपछि अन्तत इन्चार्ज शर्मा आप्mनो पूर्ववत निर्णयबाट पछि हटेका छन् । पार्टीको नीतिमा कट्टर मानिने नेकपा कर्णाली प्रदेशका अध्यक्ष बोगटीले कुनैपनि हालतमा शनिबार हुने पार्टीको जिल्ला भेलामा नै रुकुम पश्चिमको जिल्ला कमिटि गठनलाई पूर्णता दिनेमा सहमती नजनाए पछि इन्चार्ज शर्मा आप्mनो पुर्ववत निर्णयबाट पछि हटेका छन् । यसअघि नै जिल्ला कमिटीको अध्यक्षसहित ७५ सदस्य तत्कालिन एमओवादी र सचिवसहित ५० जना जिल्ला कमिटि सदस्य पुर्व एमालेले पाउने सहमती भएको रुकुम पश्चिचमा नेतृत्वको विवाद नभएपनि अन्य कर्णालीका मुगु र कालिकोट जिल्लाको नेतृत्व दुवै पक्षले नछोडेकाले टुङ्गो नलागेको भन्दै बोगटीले असमती जनाएको बताइएको छ । रुकुम पश्चिमको प्रस्तावित जिल्ला कमिटीको अध्यक्षमा पुर्व माओवादीबाट महेन्द्र केशीलाई अघि सारिएको छ । यद्यपी पुर्वएमालेले समेत नेतृत्व आफूले पाउनु पर्ने दावी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस