काठमाडौँ । चिकित्सा शिक्षा आयोगले झापास्थित बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको आयोगको १४औँ बैठकले सर्वोच्च अदालतको आदेश अनुसार बीएण्डसीलाई चिकित्सा शिक्षा पढाउन सम्बन्धन दिने निर्णय गरेको हो ।
१२ चैत २०८० मा न्यायाधीशहरू कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईँ सञ्चालक रहेको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएको थियो ।
गत १४ जेठमा सर्वोच्चले १५ दिनभित्र सम्बन्धन काठमाडौँ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा आदेश जारी गरेको थियो । उक्त परमादेशपछि काठमाडौँ विश्वविद्यालय कार्यकारी समितिको २७ जेठको बैठकले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धन दिन सिफारिससहितको पत्र पठाएको थियो ।
प्रधानमन्त्रीले बीएण्डसीलाई सम्बन्धन दिनुपर्ने तर्क राखेपछि सदस्यले पनि सहमति जनाएको ती सदस्यले जानकारी दिए । आयोगको मंगलबारको बैठकको मुख्य एजेण्डा बीएण्डसीको सम्बन्धनकै विषय थियो । बैठकमा आयोगका सहअध्यक्षहरु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ पनि सहभागी थिए ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले भने अदालतको आदेशको न्यायिक पुनरावलोकनको माग राख्दै अनसनको चेतावनीलाई दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असार २०८१, २० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सा शिक्षा आयोगले भन्यो– आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिनू
चिकित्सा शिक्षा आयोगमा आवासीय चिकित्सकको घेराउ, कार्यदल खारेज गर्न माग
मेडिकल कलेजमा विदेशी विद्यार्थीको संख्या बढाउन चिकित्सा शिक्षा आयोगमा प्रस्ताव
आवासीय चिकित्सकले गरे चिकित्सा शिक्षा आयोग घेराउ
काम छाडेर सडकमा उत्रिने आवासीय चिकित्सकको चेतावनी
चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा ४ जनाको नाम सिफारिस