रौतहटमा २७ लाख बढीको अवैध सामान बरामद

सफल खबर संवाददाता

शनिबार, ०१ असार २०८१, ०९ : ५२
रौतहटमा २७ लाख बढीको अवैध सामान बरामद

File pic

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका इकाईहरूले २७ लाख रुपैयाँ भन्दा बढीको विभिन्न प्रकारको अवैध सामान बरामद गरेको छ।

जेठ १ गते देखि बिहीबार ३१ गतेसम्म जिल्लाको विभिन्न नाकाबाट तस्करहरूले भन्सार छलेर भित्र्याएको उक्त सामान बरामद गरेको हो। १४ लाख ३७ हजार,४९२ रुपैयाँको लता कपडा,८ लाख ५५८८ बराबरको खाद्यान्न, नगद स्रोत नखुलेको ४ लाख ९६० ,३५ हजार ४१२ को चाँदी, र १५ हजार

बराबरको पशु चौपाया गरी २६ लाख ९४ हजार ४६१ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्। बरामद सामान आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस