मधेस प्रदेशको मुख्य न्यायधिवक्तामा महतो नियुक्त

सफल खबर संवाददाता

विहीबार, ३१ जेठ २०८१, १३ : १६
मधेस प्रदेशको मुख्य न्यायधिवक्तामा महतो नियुक्त

काठमाडौँ । मधेस सरकारको मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोलाई नियुक्त गरिएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज महतोलाई मुख्य न्यायधिवक्तामा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम अधिवक्ता महतोलाई सो पदमा नियुक्त गरिएको हो । धनुषा सवैला निवासी महतो लामो समयदेखि वकालत पेसामा आबद्ध छन् ।

यसअघिका मुख्य न्यायधिवक्ता वीरेन्द्र ठाकुरले आफ्नो पदबाट राजीनामा दिएका छन् । जसपा नेपाल नेतृत्वको सरकार हटेपछि वीरेन्द्र ठाकुरले राजीनामा दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस