काठमाडौं। राजनीतिक अस्थिरता बढेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सांसदले सर्वदलीय सरकार गठन गरेर संविधान संशोधन गर्नुपर्ने बताएका छन् । दिनहुँ सरकार फेरबदल भइराख्ने प्रदेश संरचना आवश्यक हो–होइन भन्ने विषयमा सोच्नुपर्ने उनले बताए ।
मंगलवार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा कांग्रेसका सांसद नारायणदत्त मिश्रले अहिलेको निर्वाचन प्रणालीका कारण सधैँभरी गठबन्धनमा जानुपर्ने अवस्था आएको भन्दै संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।
‘सर्वदलीय सरकार गठन गरेर संविधान संशोधन गरौँ, हाम्रो आवश्यकता प्रदेश हो कि होइन ? दिनहुँ सरकार फेरबदल मात्र भइरहेको छ । यो निर्वाचन पद्धतिले सधैँ गठबन्धनमा जान बाध्य बनाएको हो कि ? निर्वाचन प्रणालीमा संशोधन गरौं,’ सांसद मिश्रले भने ।
प्रतिनिधिसभामा यदाकदा संविधान संशोधनको कुरा उठ्ने गरेको छ । गतसाता प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले संविधान संशोधनको प्रस्ताव गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ जेठ २०८१, १४ : २४
लेखकबाट थप