नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो

सफल खबर संवाददाता

सोमबार, २८ जेठ २०८१, ०८ : ३३
नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो

File pic

काठमाडौ । नेपालमा सञ्चालित डिलक्ससहित पाँचतारे होटेलको सङ्ख्या २२ पुगेको छ ।

पर्यटन विभागका अनुसार यस वर्ष दुई वटा हेरिटेज बुटिकसहित तीन वटा होटेल पाँचतारे होटेलको वर्गीकरणमा परेका हुन् ।

विभागका प्रवक्ता कालीबहादुर भुजेलले भने, “विभागमा यस वर्ष दुई वटा हेरिटेज बुटिक होटेल र तीन वटा होटेल पाँचतारे होटेलमा नवीकरणमा परेका छन् । पछिल्लो तथ्याङ्क अनुसार एक डिलक्ससहित पाँचतारे होटेलको सङ्ख्या २२ पुगेको छ ।”

यस वर्ष ८८ करोड रुपियाँ लगानी रहेको वर्णवास म्युजियम, काठमाडौँ र १० करोड रुपियाँ लगानी रहेको स्ववेयर होटेल ललितपुर हेरिटेज बुटिक होटेलमा दर्ता भएको उनले बताए । 

त्यस्तै तीन अर्ब रुपियाँको लागतमा भैरहवामा सञ्चालित सिद्धार्थ इन्टरनेसनल, ५४ करोड ८९ लाख रुपियाँको लागतको होटेल ल्हासा इन्टरनेसनल (दुसित प्रिन्सेस) काठमाडौँ र एक अर्ब २५ करोड रुपियाँ लागतमा सञ्चालनमा आएको धूमवाराहीस्थित अकामा होटेल पाँचतारे वर्गीकरणमा परेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस