मेक्सिकोमाथि ब्राजिलको संघर्षपूर्ण जित

एजेन्सी

आइतबार, २७ जेठ २०८१, १० : ४४
मेक्सिकोमाथि ब्राजिलको संघर्षपूर्ण जित

एजेन्सी । ब्राजिलले मैत्रीपूर्ण खेलमा मेक्सिकोमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा ब्राजिलले मेक्सिकोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलका लागि खेलको ९६औं मिनेटमा एनड्रिकले निर्णायक गोल गरेका हुन् । यस अघि ब्राजिलका लागि आन्द्रेज पेरेइरा र गाब्रियल मार्टिनेलीले एक एक गोल गरेका थिए । त्यस्तै मेक्सिकोका लागि जुलियन क्युइनोनेज र गुइलेर्मो मार्टिनेजले एक एक गोल गरेका थिए ।

कोपा अमेरिका खेल्ने तयारीमा रहेको ब्राजिलले त्यस अघि अमेरिकासँग मे १३ मा मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । कोपा अमेरिकामा ब्राजिल समुह डी मा रहेको छ । यस समुहमा ब्राजिलसहित कोलोम्बिया, पराग्वे र कोस्टा रिका रहेका छन् । ब्राजिलले कोपाको पहिलो खेल कोस्टा रिकासँग जुन २५ मा खेल्ने तालिका रहेको छ ।
         

प्रतिक्रिया दिनुहोस