सर्लाही । सर्लाहीमा ३६ वर्षको अवधिमा दर्ता भएका ९१ वटा निजी वनमा २६ प्रजातिका बोटबिरुवा हुर्किरहेका पाइएको छ ।
जिल्ला डिभिजन वन कार्यालयका अनुसार सिसौ, मसला, खयर, टिक, सिमल, कटहर, कपोक, डालेघाँस, आँप, तिल्के, सिरिष, टिकुल, जामुन, पिठारी, बकाइनो, सतिसाल, असना, कर्मा, पौलोनियाँ, कपुर, खमारी र अर्जुनालगायतका २६ प्रजातिका बोटबिरुवा हुर्काएको हो ।
पुस ११ गतेदेखि हालसम्म जिल्लामा ९१ वटा निजी वन दर्ता भएका उक्त कार्यालय सर्लाहीका सूचना अधिकारी राकेश रन्जनले जानकारी दिए ।
जिल्लामा दर्ता भएका निजी वनको नियमित व्यवस्थापन नभएको अनुगमनका क्रममा आफूहरूले पाएको जानकारी दिँदै उनले विस्तृत नाप जाँचपछि बोटबिरुवाको लगत अद्यावधिक गर्न सम्बन्धित व्यक्तिलाई निर्देशन दिएको बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २४ जेठ २०८१, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण, प्रहरीद्वारा पाँच राउण्ड हवाई फायर
बाढी र डुबानले प्रभावित सर्लाहीका गाउँमा खानेपानी समस्या
सर्लाहीमा श्रीमतीको गोली हानेर हत्या
सर्लाहीमा असारमा मात्रै डेढ करोडभन्दा बढी मूल्यका सामान बरामद
सर्लाहीका आगलागीपीडितलाई सशस्त्रको राहत