एमाले रूपन्देहीको अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

सफल खबर संवाददाता

बुधबार, २३ जेठ २०८१, १० : ३१
एमाले रूपन्देहीको अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

बुटवल । नेकपा (एमाले) रूपन्देहीको १०औं अधिवेशन आज (बुधबार)देखि शुरू हुँदै छ ।

भैरहवास्थित सिद्धार्थ भिलासा होटलमा हुने अधिवेशनको आज दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिए । ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, पदमा अर्याललगायत नेताहरू पनि अधिवेशनमा सहभागी हुँदैछन् । 

अधिवेशनको लागि ८५३ जना प्रतिनिधि छनोट भएका छन् । जिल्ला नेतृत्वको लागि वर्तमान अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे र उपसचिव चित्रबहादुर कार्की प्रतिस्पर्धामा छन् । 

प्रतिक्रिया दिनुहोस