बुटवल। लुम्बिनी प्रदेशमा बेरुजु ४ अर्ब २ करोड ९ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशतले बढी हो ।हालसम्मको बाँकी बेरुजु गत वर्षभन्दा ३१.४८ प्रतिशतले बढेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
बाँकी बेरुजुमा प्रदेश सरकारी कार्यालय समिति तथा अन्य संस्थाको लेखापरीक्षणबाट औंल्याइएको बाँकी बेरुजु ४ अर्ब २ करोड ९ लाख ६९ हजार रहेको छ ।महालेखा परीक्षकको कार्यालयले लुम्बिनी प्रदेशका सरकारी, संघ संस्था तथा स्थानीय तहको लेखा परीक्षण प्रतिवेदन बुझाएको छ ।
मंगलबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई महालेखा परीक्षकको प्रतिवेदन बुझाएको हो ।महालेखा परीक्षक कार्यालयका नायब उपमहानिर्देशक घनश्याम कोइरालाले प्रतिवेदन प्रदेश प्रमुख शेरचनलाई बुझाए ।
प्रतिवेदनमा प्रदेशका विभिन्न निकायको विवरण, लेखापरीक्षणबाट देखिएको बेरुजु स्थिति, लेखापरीक्षणबाट देखिएको समष्टिगत स्थिति, लेखापरीक्षण प्रतिवेदनको कार्यान्वयन स्थिति र भविष्यमा गर्नुपर्ने सुधारलाई समावेश गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
प्रतिवेदनमा लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहको लेखापरीक्षणबाट देखिएका संक्षिप्त ब्यहोरासमेत समावेश गरिएको छ ।
महालेखा परीक्षकको छैटौं वार्षिक प्रतिवेदनमा यो वर्ष प्रदेश मन्त्रालय तथा निकायसमेत २६७९ संघीय कार्यालयलाई अख्तियारी दिइएका कार्यालयहरूसमेतको ५० अर्ब २ करोड ८२ लाख ११ हजार र २२ समिति र अन्य संस्थाको ७ अर्ब ८८ करोड ७७ लाख १८ हजारसमेत ५७ अर्ब ९१ करोड ५९ लाख २९ हजारको लेखापरीक्षण सम्पन्न गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक अनुशासन र पारदर्शिता सबैले पालना गर्नुपर्ने बताए ।उनले नियम कानूनको उल्लंघन गर्ने जोसुकै सजायको भागीदार बन्नुपर्नेमा जोड दिए ।मंगलबार नै मुस्लिम आयोगले पनि प्रदेश प्रमुख आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ जेठ २०८१, १७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रष्टाचार अन्त्यका लागि सरकारले शून्य सहनशीलताको नीति लिएको छः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा
लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्न प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
‘एक घर, एक धारा अभियानले खानेपानीमा पहुँच सुनिश्चित’
लुम्बिनी प्रदेशले अब जनशक्तिको अभाव भोग्नुपर्ने छैन : मुख्यमन्त्री आचार्य
लुम्बिनीका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी