प्यारामाउन्ट मोटर्स र नबिल बैंकबीच साझेदारी

सफल खबर संवाददाता

मंगलबार, २२ जेठ २०८१, १६ : ४२
प्यारामाउन्ट मोटर्स र नबिल बैंकबीच साझेदारी

काठमाडौं। नेपालमा विद्युतीय गाडी वुलिङ्गको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्स प्रालि र नबिल बैंकबीच सम्झौता भएको छ ।​सम्झौताअनुसार प्यारामाउन्टका ग्राहकले नबिल बैंककमा उत्कृष्ट वित्तीय सुविधा पाउनेछन् ।​

वुलिङ्ग बिङ्गो ईभीमा रुचि राख्ने नेपाली ग्राहकहरूको पहुँचमा पुर्‍याउन र आर्थिक सहजता प्रदान गर्न यो सहकार्य गरिएको कम्पनीले जनाएको छ।चीनको गुआङ्सी, लिउझाउमा सन् १९२८ मा स्थापना भएको वुलिङ्गले सेनाका उपकरणहरू मर्मत गर्नेदेखि विमान, खेती गर्ने मशिन र ट्रयाक्टरहरू उत्पादन गर्ने काम गरेको थियो।

 

 

१९८० को दशकमा मित्सुबिशीसँग साझेदारी गर्दै वुलिङ्गले गाडी उत्पादनमा प्रवेश गरेको थियो ।सन् २००२ मा एसएआईसी-जीएम-वुलिङ्ग संयुक्त उद्यम स्थापना भएको थियो।

प्रतिक्रिया दिनुहोस