काठमाडौं। ग्लोबल आईएमई बैंक लिमिटेड इन्फोसिस फिनाकलको प्रोसेस इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ ।
इन्फोसिस फिनाकलद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा ग्लोबल आईएमई बैंकलाई इन्ट्रिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर इसुयन्स एण्ड इकमर्स कार्ड इसुयन्स विधामा उत्कृष्ट बैंकको रुपमा सम्मान गरिएको हो ।
आफ्नो कोर बैंकिङ्ग सफ्टवेयरको लागि फिनाकल प्रयोग गर्दै आइरहेको ग्लोबल आईएमई बैंक नवीनतम सेवाहरूसहितको सुरक्षित र भरपर्दो बैंकको रूपमा परिचित छ।
ग्लोबल आईएमई बैंकले पाएको यस सम्मानले बैंकलाई आउँदा दिनमा थप नवीन र अत्याधुनिक प्रविधिका बैंकिङ्ग सफ्टवेयरहरू प्रयोग गर्दै सबैका लागि सुरक्षित र सहज बैंकिङ्ग सेवा प्रदान गर्न थप हौसला मिलेको बैंकले जानकारी दिएको छ ।
ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ जेठ २०८१, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आईएमई बैंकको १८औं वार्षिकोत्सव : ७५७ जनाले गरे रक्तदान
ग्लोबल आईएमई बैंकका ग्राहकलाई आरुष हस्पिटलमा ३० प्रतिशतसम्म छुट
ग्लोबल आईएमई बैंक र साइमेक्स इंकबीच सम्झौता, बीवाईडीका गाडी किन्दा सहज कर्जाको व्यवस्था
ग्लोबल आईएमई बैंकले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने
ग्लोबल आईएमई बैंकको 'पैसा आउने, थपेर पाउने' योजना : ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्याशब्याक
ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि ग्लोबल आईएमई बैंक र अलोइबीच सम्झौता