एजेन्सी । भारतीय लोकसभा चुनावको मतगणना मंगलबार हुँदैछ।
अबको केही घण्टापछि मुलुकमा अर्को सरकार कुन दल वा गठबन्धनले बनाउने भन्ने टुंगो लाग्ने बीबीसी हिन्दीले लेखेको छ ।
एग्जिट पोलमा भाजपा नेतृत्वको एनडीए गठबन्धनले अग्रता लिएको खबर आएपछि सोमबार बिहान शेयर बजारमा ठूलो उछाल आएको थियो ।
सेन्सेक्स झण्डै दुई हजार अंकले उकालो लागेको छ । जबकि नेप्से प्रि–ओपनिङमा झण्डै एक हजार अंकले बढेको थियो ।
शेयर बजारमा देखिएको उछालका कारण सत्ता परिवर्तन नभए बजार उकालो वा स्थिर रहने अनुमान गरिएको छ ।
लोकसभा चुनाव २०२४ को एक्जिट पोलले नरेन्द्र मोदी तेस्रो पटक सत्तामा आउने भविष्यवाणी गरेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २२ जेठ २०८१, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्रावधान