विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन : गृहमन्त्री लामिछाने

सफल खबर संवाददाता

सोमबार, २१ जेठ २०८१, २० : ०७
विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन : गृहमन्त्री लामिछाने

काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताएका छन् । सिंहदरवारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले विद्यमान ऐन कानूनका कारण विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताएका हुन् ।

उनले मनसुन अगावै विपद् व्यवस्थापनसम्बन्धी जटिल नीति नियम सच्चाउन समेत निर्देशन दिए । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि कुनै कानून, कार्यविधिले व्यवधान भएको भए आफूलाई जानकारी दिन आग्रह गर्दै गृहमन्त्री लामिछाने कानूनी एवं प्रक्रियागत जटिलता सरकारले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस