मधेश प्रदेशसभामा जनमतको अवरोध

सफल खबर संवाददाता

सोमबार, २१ जेठ २०८१, १५ : ३५
मधेश प्रदेशसभामा जनमतको अवरोध

काठमाडौं । मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक जनमतले अवरुद्ध गरेको छ । सप्तरीको राजविराजमा कृषि विश्व विद्यालयको भवन शिलान्यासको क्रममा भएको घटनाको छानबिन गर्न संसदीय समिति छानबिनको माग गर्दै जनमतले सदन अवरुद्ध गरेको हो ।

सुरुमै जनमतका प्रदेश सांसद संजय यादव उठेर घटनाको लागि छानबिन समित नबने सदन चल्न नदिने भनेका थिए । त्यसपछि जनमतका सांसदहरु उठेर अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

गत माघ माघ ८ गते कृषि विश्व विद्यालयको भवन शिलान्यास क्रममा तत्कालीन शिक्षा मन्त्री समेत रहेका जनमत संसदीय दलका नेता महेश प्रसाद यादवसहित केही सांसदहरु प्रहरीको बल प्रयोगमा घाइते भएका निए । त्यस घटना पश्चात् सदन चल्ने बेला जनमतले छानबिन समितको माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस