एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की एक महत्वपूर्ण सुरक्षा बैठकमा भाग लिन सिंगापुर जाने भएका छन् । जेलेन्स्कीले रुसको सैन्य अभियान विरुद्ध युक्रेनको सुरक्षाका लागि समर्थन जुटाउने प्रयास गरिरहेका छन्।
बैठकमा जेलेन्स्कीको भाषण आइतबार हुनेछ । यसअघि अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले इन्डो–प्यासिफिक क्षेत्र अमेरिकाका लागि महत्वपूर्ण रहेको बताएका थिए । उनले एसिया सुरक्षित रहेसम्म अमेरिका सुरक्षित रहेको बताए ।
अस्टिनले अमेरिकाले इन्डो-प्यासिफिक क्षेत्रमा आफ्नो प्रभाव स्थापित गर्न चाहेको दाबी गर्ने चीनको आरोपलाई अस्वीकार गरेका थिए ।
योसँगै युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसको दबाब बढ्दै गएको छ । यो सहर रुसबाट २४ किलोमिटर मात्र टाढा छ । अमेरिकाले युक्रेनलाई खार्किभ क्षेत्र नजिकैको रुसी सीमा भित्र आक्रमण गर्न अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिएको छ ।
जालेस्कीका अनुसार अमेरिकाको यो निर्णयले युक्रेनलाई खार्किभ वरपरका क्षेत्रमा बसोबास गर्ने मानिसहरूको सुरक्षा गर्न मद्दत गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २० जेठ २०८१, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति
पानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की
नेपाली सेना अन्तरराष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान : राष्ट्रपति पौडेल
महावीरको मार्गदर्शन परिपालन गर्न सके राष्ट्रिय एकता सुदृढ हुन्छ : राष्ट्रपति