सुर्खेतमा जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो

सफल खबर संवाददाता

विहीबार, १७ जेठ २०८१, ११ : ०८
सुर्खेतमा जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो

सुर्खेत । सुर्खेतबाट कालिकोटतर्फ गइरहेको जीप सुर्खेत-दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्ला नजिक दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । बिहीबार बिहान भे१च २५६० नम्बरको जीप दुर्घटना भएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाग्रस्त जिपमा छ जना सवार थिए । दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस