काठमाडौं। नवलपरासीको कावासोतीको बालुवाडाँडामा जीप दुर्घटना भएको छ । बालुवाडाँडाबाट कावासोतीतर्फ जाँदै गरेको बा प्र ०७ ०० १ ज ००२० नम्बरको जीप शनिबार मध्याह्न दुर्घटना भएको हो ।
दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
जीप सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ कार्तिक २०८१, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बझाङमा जीप दुर्घटना, चारजना घाइते
जीप दुर्घटनामा घाइते युवतीको मृत्यु, चालक पक्राउ
हुम्लाको चङ्खेलीमा जीप दुर्घटना हुँदा पाँचजना घाइते
पाल्पामा जीप दुर्घटना हुँदा ९ घाइते
गुल्मीमा जीप दुर्घटना, एकजनाको मृत्यु
चितवनमा पर्यटक बोकेको जीप दुर्घटना, ६ भारतीय घाइते