हुम्लाको चङ्खेलीमा जीप दुर्घटना हुँदा पाँचजना घाइते

सफल खबर संवाददाता

बुधबार, ०५ भदौ २०८१, ११ : २२
हुम्लाको चङ्खेलीमा जीप दुर्घटना हुँदा पाँचजना घाइते

हुम्ला। हुम्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको हो ।

चालकसहित सातजना सवार जिप दुर्घटना हुँदा पाँचजना घाइते भएको प्रहरीले जनाएको छ । दुई जनाको अवस्था सामान्य छ । उनीहरूको उपचार भइरहेको छ । 

 

 

गौरीसल्लामा दुर्घटना भएको जिप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकबाट एक सय ५० मिटर तल खसेको थियो। 

प्रतिक्रिया दिनुहोस