चैनपुर । बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा १८च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना भएको हो । सात जना यात्रु चढेको उक्त जीप तीव्र गतीका कारण सडकमै पल्टिएको हो ।
दुर्घटनामा घाइते हुनेहरुमा जीपका चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय बीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका–११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।
घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ कार्तिक २०८१, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीकोट जीप दुर्घटना, ८ जनाको मृत्यु
कावासोतीमा जीप दुर्घटना हुँदा २० जना घाइते
जीप दुर्घटनामा घाइते युवतीको मृत्यु, चालक पक्राउ
हुम्लाको चङ्खेलीमा जीप दुर्घटना हुँदा पाँचजना घाइते
पाल्पामा जीप दुर्घटना हुँदा ९ घाइते
गुल्मीमा जीप दुर्घटना, एकजनाको मृत्यु