काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा श्रमाधान रोजगार मेला आजदेखि शुरू हुँदै छ । मन्त्रालयले आयोजना गर्न लागेको श्रमाधान कार्यक्रम सातवटै प्रदेशमा आजदेखि ३० जेठसम्म सञ्चालन हुनेछ ।
आज कोशी प्रदेशको विराटनगरबाट मेला शुरू हुँदै छ । विराटनगरबाट शुरू हुने मेला ३० गते बागमती प्रदेशको ललितपुरमा आएर सम्पन्न हुने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १७ र १८ जेठमा कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुरमा १९ र २० जेठ, गण्डकी प्रदेशको पोखरामा २१ र २२ जेठ, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ जेठ, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ जेठ, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ र बागमती प्रदेशको ललितपुरमा २९ र ३० जेठमा मेला आयोजना हुने कार्यक्रम तय भएको छ ।
मन्त्रालयका अनुसार मेला प्रत्येक प्रदेशमा दुई/दुई दिनसम्म चल्ने छ । युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ मेला आयोजना गरिएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले बताए ।
मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ जेठ २०८१, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकी प्रदेशमा जेठ २१ र २२ गते श्रमाधान रोजगार मेला हुँदै
श्रमाधान रोजगार मेलाको मन्त्री अर्यालले गरे उद्घाटन
रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँछ : प्रधानमन्त्री
बिहीबारदेखि सुरू हुँदै श्रमाधान रोजगार मेला, प्रधानमन्त्रीले उद्घाटन गर्ने
बिहीबारदेखि सुरु हुँदै श्रमाधान रोजगार मेला, प्रधानमन्त्रीले उद्घाटन गर्ने