काठमाडौँ । कैलाली र कास्कीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
कैलालीको भजनी नगरपालिका-७ चर्रास्थित सडकमा से.१ ख १७२७ नम्बरको मिनी ट्रक अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मिनी ट्रकमा सवार धनगढी उपमहानगरपालिका मनेरा बस्ने ५५ वर्षीय जुगराम चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
साथै दुर्घटनामा घाइते भएका मिनी ट्रकमा सवार ३ जना मध्ये १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र भजनी र २ जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । मिनी ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता कास्कीको पोखरा महानगरपालिका-५ प्रस्याङ फिर्केपुलस्थित सडकमा बा.४८ प ९५७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक बाग्लुङ, बाग्लुङ नगरपालिका-१२ अमलाचौर बस्ने ४१ वर्षीय गणेश आचार्यको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ जेठ २०८१, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्राजिलमा भीषण सवारी दुर्घटना, बसमा आगलागी हुँदा ३८ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
विभिन्न स्थानमा भएका दुर्घटनामा पाँच जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौंसहित विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु