नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रदेश सभाको बैठक आह्वान

सफल खबर संवाददाता

बुधबार, १६ जेठ २०८१, १३ : ०७
नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रदेश सभाको बैठक आह्वान

काठमाडौँ । वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।

बैठक अपराह्न ३:३० बजे प्रदेश सभा सचिवालयको भवनमा बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम यही जेठ १४ गते बसेको प्रदेशसभामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस