सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

सफल खबर संवाददाता

मंगलबार, १५ जेठ २०८१, १४ : १४
सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारतबीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।

सम्झौताले नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)को माध्यमबाट बैंकमा रहेको आफ्नो बैंक खाताबाट भारतमा रहेको आफ्नो बैंक खातामा सिधै रकम स्थानान्तरण गर्न सक्नेछन् ।

त्यसैगरी, भारतमा बसोबास गर्ने नेपाली नागरिकहरूले पनि यूनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई)को माध्यमबाट नेपालमा रहेको आफ्नो बैंक खाताहरूमा सिधै रकम स्थानान्तरण गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेशकुमार पंडा र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा एनसीएचएलका तर्फबाट प्रमुख संचालन अधिकृत मुन्नी राजभण्डारी र व्यवसाय प्रबर्द्धन अधिकृत, मनीषकुमार पटेल तथा बैंकका तर्फबाट  प्रमुख प्रविधि अधिकृत सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत, रितेश अर्याल, मुख्य प्रबन्धक, सुरज मानन्धरलगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

हाल बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटीएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस