सम्झौता कार्यान्वयन नभएपछि सहकारी पीडितको प्रदर्शन

सफल खबर संवाददाता

शुक्रबार, ११ जेठ २०८१, १४ : ३७
सम्झौता कार्यान्वयन नभएपछि सहकारी पीडितको प्रदर्शन

काठमाडौं । सरकारले पटक-पटक सम्झौता गरेर पनि माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले पुनः आन्दोलन सुरु गरेका छन् । देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ ।

शुक्रबार विभिन्न प्लेकार्ड बोकेर र्‍याली सहित माइतीघरमा सभा गरेका सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका छन् । सरकारले दुई पटकसम्म सम्झौता गरे पनि कार्यान्वनय नभएकोले आफूहरू बाध्य भएर फेरि आन्दोलनमा उत्रनु परेको अभियानका अध्यक्ष कुशलभ केसीले बताए । आफूहरूको माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनले बताए ।

विभिन्न सहकारीबाट पीडित भएको सहकारीका बचतकर्ताले सहकारीको अधयक्ष र सञ्चालकलाई कारबाही र बचत फिर्ताको मागसहित आन्दोलनमा सहभागी भएका छन् ।यसअघि भएका सम्झौता कार्यान्वयन नभएसम्म रिले अनशन सहितका आन्दोलनलाई जारी राख्ने सहकारी पीडित बचतकर्ताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस